एसियाली खेलकुदको करातेमा एरिका गुरुङ फाइनलमा
काठमाडाैं | असोज २०, २०८०
काठमाडौं: नेपाली कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन् ।
सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले ८(४ को अन्तरमा जित दर्ता गर्दै स्वर्ण पदक भिडन्त पक्का गरिन् ।
फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभाको सामना गर्नेछिन् । उनले भने फिलिपिन्सकी एरियान ब्रितोलाई पराजित गरेकी थिइन् ।
यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी थिइन् । उनले १(१ को बराबरी हुँदा सेन्शु ९पहिलो अंक जोडेको० आधारमा जित निकालेकी थिइन् ।
यससँगै नेपालको १९ औं एसियाडमा दोस्रो पदक पक्का भएको छ । यसअघि महिला कबड्डीले कास्य पदक जितेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

